२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२०८२ असोज २९ बुधवार
- काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले धितोपत्र बोर्डको ढिलासुस्ती र नियमनको नाममा अवरोधका कारण निजी क्षेत्रले झन्डै १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाबी गर्दै, माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको हो ।
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २८ महिनादेखि जलविद्युत कम्पनीहरूको आईपीओ र राइट सेयर निष्कासनमा भएको ढिलाइले निजी ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकार र धितोपत्र बोर्डलाई तत्काल समाधान गर्न चेतावनी दिएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले धितोपत्र बोर्डको ढिलासुस्ती र नियमनको नाममा अवरोधका कारण निजी क्षेत्रले झन्डै १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाबी गर्दै, माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको हो ।
इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालको जेठपछि जलविद्युत कम्पनीहरूको आईपीओ नियमित रूपमा निष्कासन भएको छैन । ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको राइट सेयर रोकिँदा २३ अर्बभन्दा बढीको सेयर निष्कासन प्रभावित भएको छ ।’
इप्पानको अध्ययनअनुसार, समयमै सेयर निष्कासन नहुँदा १२ अर्ब ४० करोड रुपैयाँ ब्याज बढेको, २४ अर्ब ३० करोड लागत बढेको र ७१ अर्ब ७८ करोड रुपैयाँ राजस्व गुमेको उल्लेख छ ।
इप्पानले बोर्डले ‘रियल नेटवर्थ’ भन्ने नेपालको कानुनमा नरहेको मापदण्ड ल्याएर रिचेट, युनिक्यू, लाफिङबुद्ध लगायतका जलविद्युत कम्पनीहरूलाई आईपीओबाट हटाएको भन्दै आपत्ति जनाएको छ ।
‘न त नेपालको कानुनमा ‘रियल नेटवर्थ’ भन्ने शब्द छ, न त अन्तर्राष्ट्रिय अभ्यासमै यसको कुनै मान्यता छ,’ अध्यक्ष कार्कीले भने, ‘यो मापदण्डको नाममा कम्पनीलाई अवैध रूपमा हटाइएको छ, जुन गम्भीर विषय हो ।’
इप्पानले धितोपत्र बोर्डको ढिलाइले आयोजनामा स्थानीय अवरोध समेत बढाएको जनाएको छ । भोटेकोशी जलविद्युत आयोजनामा स्थानीयले १० प्रतिशत निःशुल्क सेयर माग गर्दै १ महिनाभन्दा बढी उत्पादन नै अवरुद्ध गरेको घटनालाई उदाहरण दिँदै इप्पानले स्थानीय सेयर समयमै निष्काशन नभएकोले यस्तो समस्या उत्पन्न भएको जनाएको छ ।
‘धितोपत्र बोर्डकै ढिलाइले स्थानीयलाई सेयर दिन सकिएको छैन । अनि पछि ती स्थानीयले अवरोध गरिरहेछन् भन्ने कुरा आफैँ विरोधाभासी हो,’ इप्पानका महासचिव खतिवडाले भने ।
इप्पानले निःशुल्क सेयर माग गर्दै आयोजना निर्माणमा अवरोध गर्नु गैरकानूनी भएको भन्दै त्यसको कडा विरोध गरेको छ । ‘१० प्रतिशत सेयर दिन कानुन बाध्यकारी छ, तर त्यो निःशुल्क दिन सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी आयोजनाले पनि निःशुल्क होइन, नाममा सेयर दिने र ऋणको जमानत स्वरूप मात्र राख्ने सहमति गरेको हो ।’
इप्पानले ऋम्क्ऋ ले जलविद्युत कम्पनीहरूका प्रवद्र्धक र सर्वसाधारण सेयरधनीलाई छुट्टाछुट्टै (आइएसआइएन) नम्बर दिने तयारी गरेको भन्दै त्यसले विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्तालाई निरुत्साहित गरेको उल्लेख गरेको छ ।
इप्पानले निम्न मागहरू राखेको छ ः
आईपीओ र राइट सेयर निष्कासनमा भएको ढिलाइ तत्काल अन्त्य गर्न,
‘रियल नेटवर्थ’ को नाममा हटाइएका कम्पनीका हकमा धितोपत्र बोर्ड अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने,
ढिलाइका कारण भएको क्षतिको क्षतिपूर्तिका लागि अख्तियारमा उजुरी दिने,
१५ दिनभित्र माग पुरा नभए कडा आन्दोलन गर्ने,
स्थानीय अवरोध र निःशुल्क सेयर मागलाई ध्यानमा राख्दै इप्पानले ऊर्जा आयोजनाको सुरक्षाका लागि नीति बनाउन सरकारसँग आग्रह गरेको छ,
इप्पानले निजी क्षेत्रको लगानीमै आधारित जलविद्युत विकास नेपालको समृद्धिको आधार हुने भन्दै लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।